कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करबाट एकको मृत्यु, लम्कीमा तनाव

गणेश चौधरी

टीकापुर — ना ७ ख ९२३३ नम्बरको ट्रकको ठक्करबाट १९ वर्षीया सुनिता रावलको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गको लम्कीमा मंगलबार बिहान ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मृतकका आफन्त र स्थानीयले ट्रक तोडफोड गर्न थालेपछि स्थानीय र प्रहरीबीच झडप भएको समेत छ । झडपमा एक स्थानीय र ६ प्रहरी घाइते भएका पनि प्रहरीले बताएको छ ।


घाइतेको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रोशित स्थानीयले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।


प्रकाशित : वैशाख १७, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?