बालुवाटारको जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कुनै पनि हालतमा बालुवाटारको जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न सरकारसँग माग गरेको छ ।  प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर बालुवाटार जग्गा प्रकरणमा गहिरो र गम्भीर छानबिनका साथ कुनै पनि मोलाहिजा वेगर दोषीमाथि कारबाही गर्नु पर्ने माग दोहोर्‍याएका हुन् ।

बालुवाटारको जग्गा प्रकरणका दोषीमाथि कारबाही गर्न कांग्रेसको माग

यसअघि वैशाख १६ गते प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार प्रकरणको गहिरो छानबिन गरी दोषीलाई दण्डित गरिनुपर्ने माग गरेका थिए ।


दोषीलाई उम्काउन सक्ने भन्दै चनाखो हुन कांग्रेसले सरोकारवालाहरुमा अपील गरेको छ । 'दोषीलाई जोगाउने ढंगले, विषयलाई ढाकछोप गर्ने, मोड्ने र विषयान्तर गर्ने ढंगले गरिने कर्म र प्रचारहरुप्रति सजगताका लागि नेपाली कांग्रेस सबैमा अपिल गर्दछ ।'


कांग्रेसले वैशाख २५ मा सुरु हुने ‘राष्ट्रिय जागरण अभियान’ मा बालुवाटार जग्गा प्रकरणजस्ता विसंगतिविरुद्ध राष्ट्रव्यापी रुपमा आवाज घनिभूत पार्ने बताएको छ ।


३४ रोपनी १३ आना २ पैसा जग्गामा फैलिएको प्रधानमन्त्री निवास बालुवाटारभित्रको ३ रोपनी १० आना जग्गा व्यक्तिको नाममा दर्ता भएको पाइएपछि यो विषयले चर्चा पाएको हो ।


प्रकाशित : वैशाख १७, २०७६ १८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?