२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

तस्बिर : इलिट जोशी

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमण सम्पन्न गरी बुधबार ल्हासाबाट काठमाडौँतर्फ फर्किएकी छन्।  बिहीबार नेपाल फर्कने तालिका रहेपनि भण्डारीले अस्वस्थ महसुश गरेपछि बुधबार नै फर्किएकी हुन् । उनी सिचुवान एयरलाइन्स मार्फत १० बजेर ७ मिनेटमा काठमाडौं विमानस्थल ओर्लिएकी थिइन् । 

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता
राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई नेपाली सेनाले तोपको सलामीसहित सम्मान दिएको थियो । 

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

यसैबीच उनलाई आज बिहान नेपाल फर्कने क्रममा ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरे । 

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भएकी थिइन् । उनले उक्त फोरमलाई सम्बोधन गरेकी थिइन् । यसैगरी उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा स्वागत गरेका थिए । सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएसँगै विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो । 

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी स्वदेश फिर्ता

प्रकाशित : वैशाख १८, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?