२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

यस्तो बन्ने छ नेपाल राष्ट्र बैंकको भवन

१८ प्रतिशतकाम सकियो 
विमल खतिवडा

काठमाडौँ — राष्ट्र बैंकको बालुवाटार र थापाथली स्थित दुवै भवनको निर्माणतीव्र पारिएको छ । ३० महिनाभित्र सक्ने गरी भवनको निर्माण सुरु गरिएको हो । दुवै भवनको पहिला बाहिरबाट हेर्दा जस्तो रूप थियो, निर्माण पश्चात् पनि उस्तै हुनेछ ।

यस्तो बन्ने छ नेपाल राष्ट्र बैंकको भवन

‘भवननिर्माणको कामतीव्र पारिएको छ,’ केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) काआयोजना उपनिर्देशक राजु न्यौपानेले भने, ‘पुरातत्त्व विभागबाट सहमति लिएर निर्माणको कामथालिएको हो, पहिला दरबारजस्तो थियो, अहिले बन्ने भवन पनि बाहिरबाट हेर्दा त्यस्तै देखिनेछ, भित्रबाट बैंकको संरचनाडिजाइन गरेर काम अगाडि बढाएका छौं ।’


उनका अनुसार थापाथलीको विलिल कन्टेक जेभीले निर्माणको ठेक्का लिएको छ । विलिल भारतीय निर्माण कम्पनी हो । जसको ठेक्का रकम १ अर्ब ८७ करोड १० लाख रहेको छ । ८ अगस्ट २०१८ (०७५ साउन २३) मा ठेक्का सम्झौता भएको र अहिलेसम्म करिब १८ प्रतिशत काम भएको छ ।


‘थापाथलीको भवन निर्मणका क्रममा हामीले समयमै साइट उपलब्ध गराउन नसकेकाले निर्माणमा थोरै ढिलाइ भएको हो,’ उनले भने, ‘अहिले काम भइरहेको छ ।’ उनका अनुसार बालुवाटार भवनका सम्बन्धमा समयमै खरिद प्रक्रिया नहुँदा निर्माणमा ढिलाइ भएको हो । विवादित पप्पु कन्स्ट्रक्सनले चिनियाँ कम्पनीसँग मिलेर भवन निर्माणका लागि ठेक्का हालेको थियो । उसले सबैभन्दा कम दररेटमा प्रस्ताव पेस गरेको थियो । पप्पुले ठेक्का पाउने निश्चितजस्तो भएपछि लामो समय ठेक्का प्रक्रियामाअन्योल छाएको थियो ।


बालुवाटर भवनको ठेक्का सिको–समानन्तर जेभीले लिएको छ ।


ठेक्का सम्झौता ०७५ फागुन २९ गते भएको हो । सिको चिनियाँ निर्माण कम्पनी हो । ठेक्का रकम १ अर्ब ८६ करोड २२ लाख रहेको छ । निर्माण समय अवधियसको पनि ३० महिनाको छ । बालुवाटार भवनको जमिन मुनि दुई तला हुनेछ । जसमा एक तलामा पैसा राख्ने र एक तलामा पार्किङ रहनेछ । अहिले यसैको काम भइरहेको छ ।


‘असार सम्म बेसमेन्टका काम निकालि सक्ने हिसाबले निर्माण कम्पनी अगाडि बढेको छ, बालुवाटारको भवन निर्माणको काम सोचेभन्दा धेरै अगाडि बढेको छ,’उनले भने, ‘थापाथलीको भवनमा भने ३ वटा ब्लक रहेका छन्, सबैको काम भइरहेको छ ।’ बालुवाटरमा केन्द्रीयकार्यालय रहनेछ । थापाथलीमा बैंकिङ कार्यालय हुनेछ ।


उनकाअनुसार १८ महिनाभित्रभवनको सबै स्ट्रक्चर कामनसकिए सम्झौताअनुसार जरिवानालगाउन सकिनेछ ।


थापाथलीमा पहिला २ तला रहेकामा अब ४ तलाको हुनेछ । भवन अपांग मैत्री बन्नेछ । थापाथलीमा सर्वसाधारणसँग प्रत्यक्ष जोडिने बैंकिङ कारोबार तथा विदेशी मुद्रा सटहीको काम हुनेछ । सरकारी चेकको भुक्तानी पनि यहीँबाट हुनेछ । बालुवाटारमा गभर्नर, डेपुटी गभर्नर आवास, तालिम हल, सुरक्षामा खटिने सेनाका लागि छुट्टै ब्लक बन्नेछन् ।


बैंकको थापाथलीमा ४२ र बालुवाटारमा ६१ रोपनीजग्गा छ । भवन निर्माणको काम तीव्र रूपमा अघि बढेको बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए । ‘बालुवाटारमा ढिलो काम सुरु भएपनि ५ प्रतिशत काम सकिसकेको छ,’ उनले भने । उनकाअनुसार ठेकेदारले तोकिएको समय अवधि अगावै २४ महिना भित्र दुवै भवनको निर्माण सक्ने जानकारी गराएका छन् ।


प्रकाशित : वैशाख १८, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?