कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दुर्लभ गिद्धले कोरल्यो चल्ला

भीमबहादुर सिंह

जाजरकोट — विश्वमै दुर्लभ मानिएका सुन गिद्ध र सेतो गिद्ध जोडीले चल्ला कोरलेका छन् । अति संकटापन्न सुन गिद्धले नलगाड नगरपालिका–५, पोखराको महादेवस्थान गोठथात जंगलको सल्ली रूखमा लगाएको गुँडमा गत १४ गते चल्ला कोरलेका हुन् ।

दुर्लभ गिद्धले कोरल्यो चल्ला

विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले पनि बारेकोट गाउँपालिका–९, काप्तीको जंगलमा गुँड लगाएर चल्ला कोरलेको छ । सेतो गिद्धले चल्ला कोरलेको २ साता पुगेको छ ।


सेतो गिद्धले गत वर्ष पनि बच्चा कोरलेको पक्षी संरक्षण अभियन्ता गोविन्दबहादुर सिंहले बताए । सेतो गिद्धले समुद्री सतहबाट एक हजार ५ सय मिटर उचाइमा रहेको जंगलमा चल्ला कोरलेको उनले जानकारी दिए । गत फागुन पहिलो साता अण्डा पारेको सुन गिद्धले गत शनिबार चल्ला कोरलेको थियो । सिंह सुन गिद्धको बासस्थान रहेको महादेवस्थान गोठथात जंगलमा विगत पाँच वर्षदेखि अध्ययनका लागि महिनामा तीन पटक जाने गरेका छन् ।


उनका अनुसार जाजरकोटको महादेवस्थानबाहेक अन्यत्र सुन गिद्ध पाइएको छैन । महादेवस्थानमा एक जोडी मात्र सुन गिद्ध रहेको उनी बताउँछन् । गत वर्ष गुँड लगाएको भए पनि जोडी छुट्टिएकाले अण्डा नपारेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सुन गिद्धले वर्षको एक पटक माक्र बच्चा कोरल्छ । वन अतित्रमणका कारण यसको बासस्थान नाश भई संकटमा परेको छ । पक्षीविज्ञ कृष्णप्रसाद भुसालका अनुसार जाजरकोटमा सुन गिद्ध, सेतो गिद्ध, हिमाली गिद्ध र हाडफोर गिद्धको बासस्थान छ ।


‘तर एकिन संख्या पत्ता लागिसकेको छैन,’ उनले भने । उनका अनुसार पछिल्लो समय पशु उपचारमा प्रयोग गरीएको डाइक्लोफेनेक औषधिका कारण गिद्ध लोप हुने अवस्थामा पुगेको भए पनि जाजरकोटमा भने गिद्धको अवस्था राम्रो देखिएको छ । जाजरकोटमा हिमाली गिद्ध ७५, हाडफोर गिद्ध ६, सुन गिद्ध २ र सेतो गिद्ध ४ वटा फेला परेको अभियन्ता सिंहको भनाइ छ ।


प्रकाशित : वैशाख २०, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?