१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हावाहुरीले पूर्वी नवलपरासीका विद्यालय बन्द  

नारायण शर्मा

नवलपरासी — हावाहुरीसहित वर्षा भएपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै एक दिनका लागि विद्यालय बन्द गरिएको हो ।

हावाहुरीले पूर्वी नवलपरासीका विद्यालय बन्द  

जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयहरु बन्द गरिएको बताए ।


कावासोती नगरपालिकाका सबै विद्यालय बन्द भएका छन् । ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुने गरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।


यस्तै, प्याब्सन कावासोतीका सचिव समेत रहेका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सूचना गरेकाले आज विद्यालय बन्द गरिएको बताए ।

तिवारीले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- 'जिल्ला शिक्षा समन्वय समितिबाट प्राप्त सूचना अनुसार हुरीबतासको सम्भावना भएको हुँदा आज आकस्मिक रूपमा विद्यालय बन्द रहने जानकारी गराइन्छ ।’

यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो स्थानीय तहमा पनि विद्यालय बन्द गरिएको सम्बन्धित शिक्षा शाखाहरुले जनाएका छन् ।


कावासोतीमा बिहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । पूर्वी नवलपरासीमा रहेकाे मौसम पूर्वानुमान शाखाका अनुसार कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठूलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

प्रकाशित : वैशाख २०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?