५ लाख थप रोजगारी सिर्जना हुने  

काठमाडौँ — सरकारले आगामी वर्ष आन्तरिक श्रम बजारमा थप ५ लाख राेजगारी सिर्जना हुने जनाएकाे छ । शुक्रबार संसद्‌मा प्रस्तुत गरिएकाे नीति तथा कार्यक्रममा आन्तरिक श्रम बजारमा आउँदो वर्ष थप ५ लाख रोजगारी सिर्जना गरिने उल्लेख गरिएकाे छ । 

५ लाख थप रोजगारी सिर्जना हुने  

संयुक्त संसद्‌ बैठ्कमा सरकारको नीति तथा कार्यक्रममा शुक्रबार सम्बोधन गर्दै ५ लाख थप राेजगारी सिर्जना गर्ने गरी मुलुकलाई औद्योगीकरण गर्ने बताए । 'सबै प्रदेशमा औद्योगिक क्षेत्र बनाइनेछ । निर्यातजन्य उद्योगलाई प्राथमिकता दिइनेछ । प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम बनाइनेछ,' राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌मा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रममा भनिएकाे छ ।


श्रम कानुनलाई कार्यान्वयनलाई प्रभावकारी बनाइने समेत उल्लेख छ ।

प्रकाशित : वैशाख २०, २०७६ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?