सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्ने जनाएकाे छ ।

शुक्रबार संयुक्त सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेकाे सरकारकाे नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा नम्बरसहितको परिचय पत्र दिइने उल्लेख गरिएकाे छ ।

राष्ट्रपति भण्डारीले सामाजिक सुरक्षा कार्यक्रमबाट श्रमिक र कर्मचारी लाभान्वित हुने बताइन् । 'सबै तहबाट दिइने सामाजिक सुरक्षा कार्यक्रमबीच समन्वयात्मक गरिनेछ । सामाजिक सुरक्षाको भत्ता वृद्धि गरिनेछ,' राष्ट्रपतिकाे सम्बाेधनमा छ ।

प्रकाशित : वैशाख २०, २०७६ १७:१४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

यस्तो देखियो सडक राष्ट्रपति सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा [तस्बिरहरु]

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रयसभा)को आजको संयुक्त बैठकमा उनले अपराह्न ४ बजेर १० मिनेटमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । उनीट संसद भवन जाँदा बबरमहलदेखि वानेश्वरसम्म यस्तो देखियो ।

प्रकाशित : वैशाख २०, २०७६ १७:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT