बाबुराम र उपेन्द्रको नयाँ पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल'

पार्टी एकीकरणको घोषणा २३ गते
अवधेशकुमार झा

काठमाडौं — संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण हुने भएका छन् । नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो ।

बाबुराम र उपेन्द्रको नयाँ पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल'

फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन् । नयाँ पार्टीको नाम 'समाजवादी पार्टी, नेपाल' राखिएको छ ।

विज्ञप्तिमा समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्ने उल्लेख छ ।


दुई पार्टीबीचको एकीकरण हुने चर्चा विगतदेखि नै चल्दै आएको थियो । व्यापक छलफल र विचार विमर्शपछि पार्टी एकीकरण गरी समाजवादी पार्टी नेपाल निर्माण गर्ने ऐतिहासिक सहमति जुटाइएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

प्रकाशित : वैशाख २१, २०७६ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?