कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार छु : पौडेल

रासस

काठमाडौँ — नेकपाका महासचिव विष्णु पौडेलले ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न आफू तयार रहेको बताएका छन् । संघीय संसदको दुवै सदनको स‌ंयुक्त बैठकमा प्रस्तुत गरिएको सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै नेता पौडेलले ललिता निवास जग्गा प्रकरणको यथार्थ छानबिनको लागि माग समेत गरेका छन् ।

बालुवाटार जग्गा प्रकरणमा दोषी ठहरिए जुनसुकै सजाय भोग्न तयार छु : पौडेल

महासचिव पौडेलले भने,'ललिता निवास जग्गा प्रकरणमा केही नेतासहित मेरो पनि नाम जोड्ने प्रयास भएपछि यस विषयमा विज्ञप्तिमार्फत आफूले स्पष्ट गरिसकेको छु ।'


उनले सरकारको नीति तथा कार्यक्रम दोहोरो अंकमको आर्थिक वृद्धि, तीव्र गतिको आर्थिक विकास र समृद्धिका लागि क्षेत्रगत योजना सहितको तीन खम्बे नीतिमा आधारित रहेको बताए ।


पौडेलले भने,'नीति तथा कार्यक्रमले जनतासँग गरिएको प्रतिबद्धता अनुरुप तीव्र आर्थिक विकास हासिल गर्न योगदान दिनेछ, समृद्धिका लागि योगदान पुर्याउनेछ र क्षेत्रगत विकासका योजना अघि सारेको छ ।'

प्रकाशित : वैशाख २३, २०७६ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?