३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रधानमन्त्रीको प्रश्न- 'बालुवाटारको जग्गा अहिले हडपेको हो ?'

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले बालुवाटारको जग्गा अहिलेको सरकारले नहडपेको बताएका छन् । व्यवस्थापिका संसदमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका सवालमा जवाफ दिँदै उनले अहिलेको सरकारले त्यस विषयमा छानबिन सुरु गरेको बताए । 

प्रधानमन्त्रीको प्रश्न- 'बालुवाटारको जग्गा अहिले हडपेको हो ?'

उनले भने, 'खुलामञ्च पहिला मासिएको थियो । अहिले त्यही खुलामञ्चलाई फिर्ता ल्याउने काम भइरहेको छ । बालुवाटारको जग्गा अहिले हडपेको हो ? बरु अहिलेको सरकारले छानविन गर्दै छ ।'


यसैगरी, उनले वाइडबडीको अनियमितता पनि यो सरकारको पालामा नभएको उल्लेख गर्दै त्यस विषयमा सरकारले छानबिन गरिरहेको बताए । उनले यो सरकारभन्दा पहिलादेखि ३८ क्विन्टल सुन तस्करी भएको जानकारी गराउँदै उनले भने, '३८ क्विन्टल सुन कहाँ गयो त्यो पहिलेका सरकारले जान्लान् । तर गइसकेपछि यो सरकारले थाहा पायो । त्यसपछि रोकियो ।'


यसैगरी प्रधानमन्त्रीले सडकमा जहाज ल्यान्ड गर्न सकिने विषयलाई मोडिएको स्पष्ट पारे । उनले आकस्मिक अवतरण गर्नु पर्ने बेलामा अवतरण गर्न मिल्ने गरी यस्ता राजमार्ग बनाउन लागिएको बताए । उनले भने, 'त्यस्ता सडकमा बाइपास हुन्छन् । जहाज आकस्मिक अवतरण गर्न लागेको देखेपछि गाडीहरुले छाडिदिन्छन् । सरकारले यस्तो कुरा पनि सोच्दो रहेछ भनेर खुसी हुनुपर्नेमा मजाक, उडाउने कुरा हो र ?'

प्रकाशित : वैशाख २४, २०७६ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?