कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन आग्रह गरेका छन् । वार्षिक नीति तथा कार्यक्रममा छलफलमा उठेका प्रश्नहरुको प्रतिनिधिसभामा मंगलबार जवाफ दिंदै प्रधानमन्त्रीले भने, 'हामीले बनाएको संविधान हो । संविधान जुनसुकै मौसममा पनि गीत गाउने विषय होइन । यो त पब्लिक कन्जम्सनका लागि जस्तो भयो । त्यसो नगरौं ।'

संविधान संशोधनलाई सार्वजनिक खपतको विषय नबनाउन प्रधानमन्त्रीको आग्रह

संविधान असंशोधननीय, अपरिवर्तनीय हुन नसक्ने उनले प्रस्ट पारे । प्रधानमन्त्रीले अहिलेकै सरकारले हडपिएका सार्वजनिक जमिनलाई सरकार मातहत ल्याएको स्मरण गराउँदै भने, "बालुवाटार अहिलेको सरकार बनेर मासेको हो र ? अहिलेको सरकारले खुलामञ्च कब्जा गरेको हो र ? बरु अहिलेको सरकारले ल्याएको हो । अहिले त छानबिन हुादैछ, खोजी हुँदैछ ।'


त्यस्तै वाइडबडी घोटाला पहिले नै भएको भन्दै उनले छानबिन भइरहेको बताए । उनले वर्तमान सरकारले नै सुन तस्करीको अन्त्य गरेको दाबी गरे । "कतिपय माननीयहरुले सुन तस्करी के भयो भन्नुभयो । बन्द भयो । उनीहरु जेलमा छन् । प्वाल बन्द गरियो । ३८ क्विन्टल सुन तस्करी भएको रहेछ । त्यो सुन कहाँ गयो । पहिलेको सरकारले थाहा पाउला । अहिलेको सरकार आएपछि रोकियो" उनले भने । प्रधानमन्त्रीले ०४८ मा शिक्षक र कर्मचारीलाई यसरी पूर्वाग्रहपूर्णरुपमा लखेटिएको स्मरण गर्दै भने, 'त्यसको विरोध गर्‍यौं अब यस्ता अभ्यासहरु हुँदैनन् ।"


गत वर्षबाट नीति कार्यक्रम सर्वसम्मत पारित गर्ने परम्परा बसेको बताउाँ यस पटक झन् परिमार्जित आएकोले सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीले अपिल गरे ।


प्रकाशित : वैशाख २४, २०७६ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?