३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुई तिहाइ हुँदा पनि कम्युनिस्टले शासन गर्न जानेनन् : नेता पौडेल

टीकाप्रसाद भट्ट

रामेछाप — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सजिलो अवस्थामा पनि कम्युनिस्टहरूले शासन गर्न नसकेको आरोप लगाएका छन् । उनले जनतालाई विभिन्न आश्वासन दिएर सरकारमा गएका कम्युनिस्टहरूले संविधान कार्यान्वयन गर्न नसकेको आरोप लगाए ।

दुई तिहाइ हुँदा पनि कम्युनिस्टले शासन गर्न जानेनन् : नेता पौडेल

‘जनताले दुई तिहाइ दिएका बेला कम्युनिस्टका नेताहरू फेरी जङ्गल जान्छु भन्न थालेका छन्’ नेता पौडेलले भने,‘यो घुर्कीको काम छैन ।’


नेपाली कांग्रेस रामेछाप नगर समितिले मङ्गलवार रामेछापमा आयोजना गरेको शव वाहन हस्तान्तरण कार्यक्रममा नेता पौडेलले विश्वबाट बिदा भएको कम्युनिज्म नेपालमा प्रयोग गर्न खोज्दा सर्वत्र निराशा व्याप्त भएको बताए ।


नेता पौडेलले प्रधानमन्त्रीले देशका सबै निकायलाई आफ्नो नियन्त्रणमा राखेर सर्वसत्तावादतर्फ मुलुकलाई लैजान उद्धत रहेका छन् । ललिता निवासको जग्गा प्रकरणमा दोषी पत्ता लगाउनका लागि सहयोग गर्नुपर्नेमा प्रधानमन्त्रीले हत्त न पत्त फलानो दोषी छैन भन्नु अख्तियारलाई प्रभावित बनाउन खोज्नु रहेको पौडेलको कथन थियो ।


कांग्रेस नेता भरतप्रसाद चौलागाईँले निजी खर्चमा रामेछाप नगरपालिकालाई उपलब्ध गराएको शव वाहनको साँचो रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरलाई हस्तान्तरण गरिएको थियो । उक्त शव वाहन जिल्लाकै पहिलो हो । शव वाहन नहुँदा रामेछापमा विभिन्न घटनामा परेर ज्यान गुमाएकाहरूको पोस्टमार्टम गर्न अस्पतालसम्म शव ल्याउन समस्या हुँदै आएको थियो ।

प्रकाशित : वैशाख २४, २०७६ १८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?