कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेपाल-भारत सीमामा आगलागी, २ बालबालिकाको मृत्यु, एक घाइते

कमल पन्थी

बर्दिया — नेपाल–भारत सीमासँग जोडिएको भारतको सलारपुर गाउँमा मंगलबार दिउँसो भिषण आगलागी भएको छ । आगलागीबाट २ बालबालिकाको मृत्यु भएको छ । गुलरिया नगरपालिकासँग जोडिएको उत्तरप्रदेशको बहराइच जिल्ला सलारमा लक्ष्मण रायको घरमा आगलागी भएको हो ।

नेपाल-भारत सीमामा आगलागी, २ बालबालिकाको मृत्यु, एक घाइते

उनको घर छोरीको विवाहको तयारी भइरहेको थियो । सोही क्रममा ग्यास सिलिण्डर बिस्फोट हुँदा आगलागी भएको स्थानीय जिडी गौतमले बताए । आगलागीबाट सलारपुरकी ३८ वर्षीया मुनिया रैदास र उनकी १५ वर्षीया छोरी करिश्मा रहेको स्थानीयले जनाएका छन् ।


शरीर पुर्णरुपमा जलेकाले पहिचान नभएको स्थानीय कमलेश रायले बताए । दिउँसो चलेको हावाले आसपासका करिब दुई दर्जन घर पनि जलेका छन् । आगोको धुवाले सिमावर्ती नेपाली बस्ती ढाकेको छ ।


आगलागीबाट स्थानीय १३ वर्षीय नीरज गौतम भने घाइते भएका छन् । सख्त घाइते गौतमको गुलरियास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आगो नियन्त्रण गर्न गुलरिया नगरपालिकाको दमकल पुगेको थियो ।

सीमावर्ती भारतीय नागरिकको आग्रहमा दमकल छिमेकी मुलुक भारत पठाएको गुलरिया नगर प्रमुख मुक्तिनाथ यादवले बताए । आगो निभाउन ठूलो संख्यामा नेपालीहरू सलारपुर पुगेको उद्योग वाणिज्य संघका उपाध्यक्ष मनोजकुमार यादवले बताए । आगो नियन्त्रण गर्न करिब २ घण्टा लागेको थियो ।

प्रकाशित : वैशाख २४, २०७६ १९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?