कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

मिजोरमबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता आउँदै

पर्वत पोर्तेल

काँकडभिट्टा — भारतको उत्तरपूर्वी राज्य मिजोरमवाट उद्धार गरिएका २३ नेपाली महिलालाई बिहीबार ल्याइँदैछ ।बर्मासँग सीमाना जोडिएको मिजोरमको चम्फीबाट उनीहरुलाई उद्धार गरिएको मिजोरम पुलिसका महानिरीक्षक एलएच शान्लियानाले जनाएका छन् ।

मिजोरमबाट उद्धार गरिएका २३ महिला नेपाल फिर्ता आउँदै

उनीहरु घुमघामको बहानामा मिजोरम प्रवेश गरेका थिए । लालबहादुर नामक नेपाली भाषी एजेन्टले उनीहरुलाई मिजोरम पुर्‍याएका थिए । उनीहरुलाई वैदेशिक रोजगारीका लागि मिजोरम, बर्मा हुँदै दक्षिणपूर्वी एसियाली मुलुक लैजान लागिएको बुझिएको छ । लालबहादुरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।


केही महिना अघि बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७८ जना नेपालीलाई उद्धार गरी घर फर्काइएको थियो । पछिल्लो घटनापछि मणिपुरको मोरे सीमानामा गरिएको कडाईका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिन्छ । पूर्वोत्तर भारतका मणिपुर, मिजोरम र नागाल्याण्ड राज्यको सीमाना बर्मासँग जोडिन्छ ।


शक्ति समुह, माइती नेपाल लगायतका संस्थाहरुको पहलमा उनीहरुलाई नेपाल ल्याइँदैछ । विहीवारै उनीहरुलाई काठमाडौं लगिने र केही समय सेफ होममा राखिने जनाइएको छ ।



प्रकाशित : वैशाख २६, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?