सवाल-जवाफको क्रममा प्रधानमन्त्री तथा सांसदले प्रयोग गरेका अमर्यादित शब्द संसद अभिलेखबाट हटाउन निर्देशन

ऋषिराम पौड्याल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७ सालको नीति तथा कार्यक्रम बारे संसदमा छलफल पछि जवाफ दिने क्रममा प्रधामन्त्री केपी शर्मा ओली तथा जवाफ सोध्ने सांसदले प्रयोग गरेका संसदीय मर्यादाविपरितका शब्द संसदको अभिलेखबाट हटाउन सभामुखले कृष्णबहादुर महराले निर्देशन दिएका छन् ।

सवाल-जवाफको क्रममा प्रधानमन्त्री तथा सांसदले प्रयोग गरेका अमर्यादित शब्द संसद अभिलेखबाट हटाउन निर्देशन

वैशाख २२ र २३ गते प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा छलफल भएको थियो । बैशाख २४ गते प्रधानमन्त्रीले छलफलको क्रममा उठेका प्रश्नहरुको उत्तर दिएका थिए । प्रधानमन्त्रीलाई २४ गतेको बैठकमा प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले बोलेका शब्दहरु मर्यादाविपरीत भएको भन्दै बैठकमा नै चर्काचर्की परेको थियो । प्रधानमन्त्रीले जवाफ दिने क्रममा प्रयोग गरेका केही शब्दहरु अमर्यादित रहेको भन्दै कांग्रेस सांसदहरुले अभिलेखबाट मेटाउन माग गर्दै विरोध गरेका थिए । विरोधकाबीच नै प्रधानमन्त्रीले जवाफ दिएका थिए भने त्यससँगै बहुमतको आधारमा नीति तथा कार्यक्रम पास भएको थियो ।


शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकको सुरुमा नै सभामुख महराले अघिल्लो बैठकमा प्रधानमन्त्री तथा सांसदले प्रयोग गरेका अमर्यादित शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।


'सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकुल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु,' सभामुख महराले भने ।


प्रकाशित : वैशाख २७, २०७६ १२:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?