गुटबन्दीको अन्त्य नभए दुर्भाग्य : पौडेल

डिल्लीराम खतिवडा

उदयपुर — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसमा गुटबन्दीको आधारमा राजनीति गर्ने मनोवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । गुटबन्दीको राजनीति गर्ने प्रवृत्ति अझ मौलाउँदै गए पार्टीमा थप विग्रह र दुर्भाग्यको अjस्था अवस्था आउने उनले बताए । 

गुटबन्दीको अन्त्य नभए दुर्भाग्य : पौडेल

प्रेस युनियनले शुक्रबार मध्याहृन गाइघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पौडेलले नेपाली कांग्रेसको चौधौं महाधिवेशन समयमै हुन नसके नेपाली कांग्रेसलाई घोर अहित हुने बताए । 'समयमै महाधिवेशन नभए त्यसले समग्र मुलुक, जनता र वर्तमान व्यवस्थालाई नै असर पार्छ,' नेता पौडेलले भने, 'त्यसैले नेतृत्वले गम्भीर भएर सोच्न जरुरी छ ।'


आगामी महाधिवेशनमा पार्टी सभापतिका लागि आफू उमेदवार हुने या नहुने भन्ने विषयमा कुनै निर्णय लिइनसकेको बताउँदै पौडेलले जनजागरण अभियान मार्फत वर्तमान सरकारका गतिविधिबारे जनतालाई जागरुक बनाउने अभियानमा लागेको जानकारी दिए ।' अहिले उमेदवार हुने या नहुने भन्ने विषय प्रमुख होइन,' उनले भने,'त्यो समय आएपछि सवैको सरसल्लाहमै निर्धारण गरिन्छ ।' यतिबेला सरकारका कमी कमजोरीका बारेमा जनतालाई सुसूचित गर्न सबै लाग्नु पर्ने उनले बताए ।


वर्तमान सरकार नेपाली राजनीतिको इतिहासमै सबैभन्दा अनुकूल समयमा गठन भएको भएपनि सरकारले जनअपेक्षा अनुसारका काम गर्न नसकेको आरोप उनले लगाए ।'इतिहासमै एकदम अनुकुल समयमा गठन भएपनि वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न सकेन,' उनले भने, 'यसले सरकारप्रतिको जनअपेक्षामा तुषारापात भएको छ ।' यो सरकारको विकल्प नेपाली कांग्रेस नै भएकाले कांग्रेसले ७७ ओटै जिल्लामा जागरण अभियान सञ्चाfलन गरेको उनले जानकारी गराए ।


नेता पौडेलले जागरण अभियानलाई सम्बोधन गर्ने क्रममा दुई दिनयता उदयपुरमा छन् । हिजो कटारीमा अभियानलाई सम्बोधन गरेका थिए भने भोलि चौदण्डीगढी नगरपालिकको बेल्टार र बेलका नगरपालिको रामपुर बजारमा कार्यकर्ता भेटघाट तथा सम्बोधन गर्ने उदयपुरका पार्टी सभापति विदुर बस्नेतले बताए ।

प्रकाशित : वैशाख २७, २०७६ १३:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?