कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

प्राधिकरणले तार काटे इन्टरनेट अवरुद्ध हुन्छ : सेवा प्रदायक

विजय तिमल्सिना

काठमाडौँ — प्राधिकरणले बढेको पोल भाडा नतिर्नेहरुको तार काट्ने निर्णय गरेपछि इन्टरनेट र केवल सेवा प्रदायकहरु आन्दोलित भएका छन् । उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणले बढाएको पोल भाडा तिर्न नसक्ने दाबी गर्दै तार काटिए आफ्नो जिम्मेवारी नहुने बताएका छन् ।

प्राधिकरणले तार काटे इन्टरनेट अवरुद्ध हुन्छ : सेवा प्रदायक

इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पान अध्यक्ष भोजराज भट्टले प्राधिकरणले एकै पटक ५ सय प्रतिशतसम्म पोल भाडा वृद्धि गरेका कारण तिर्न नसकिने दाबी गरे । 'एकै पटक ५ सय प्रतिशत बढाएपछि कसरी तिर्नु,' उनले भने, 'प्राधिकरणले तार काटे इन्टरनेट अवरुद्ध हुन्छ । त्यसको जिम्मा हामी लिन्नौं ।'


प्राधिकरणले गत भदौंदेखि इन्टरनेट र केबल सेवा प्रदायकहरुले प्रयोग गर्ने आफ्नो पोल भाडा वृद्धि गरेको छ । प्राधिकरणको पूर्वाधार प्रयोग गरी अरुले धेरै आम्दानी गरे पनि प्राधिकरणलाई लाभ नभएको भन्दै भाडा बढाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । उनले बढेको पोल भाडा नतिर्नेको तार काट्न मातहतका शाखाहरुलाई निर्देशन दिइएको जानकारी दिए ।

प्रकाशित : वैशाख २७, २०७६ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?