१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

शान्तिनगर बालिका बलात्कार  प्रकरण : फरार आरोपी पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — सात वर्षीया बालिका बलात्कारका आरोपित अन्ततः महेन्द्रनगरको बसपार्कबाट पक्राउ परेका छन् । शान्तिनगरको मिलीजुली चोक घर भएका राजु खरेलमाथि घरमा काम गर्ने महिलाकी सात वर्षीया छोरी बलात्कारको आरोप लागेको छ ।

शान्तिनगर बालिका बलात्कार  प्रकरण : फरार आरोपी पक्राउ

खरेल विरुद्ध १८ वैशाखमा बालिकाकी आमाले महानगरीय प्रहरी वृत्त बानेश्वरमा किटानी जाहेरी दिएकी थिइन् ।


उजुरी परे लगत्तै खरेल फरार रहेका थिए । प्रहरीले पछिल्लो एक साता यता उनलाई खोजीरहेपनि उनी झुक्काउँदै हिँडिरहेका थिए । नेपाल प्रहरीमा असई रहेका खरेल द्वन्द्वकालमा भगौडा बनेका थिए ।


घरमा काम गर्ने महिला छतमा कपडा धुने समय पारेर उनले सात वर्षीया बालिकालाई चकलेटको प्रलोभनमा बलात्कार गरेको बालिकाकी आमाको आरोप छ । उजुरी लगत्तै प्रहरीले बालिकालाई परोपकार प्रसूति गृहमा स्वास्थ्य परीक्षण गरेको थियो । स्रोतका अनुसार बालिकाको योनीमा केही पुरानो घाउ देखिन्छ ।


यो पनि पढ्नुहोस्ः

अनि उनी निःशब्द भइन्

प्रकाशित : वैशाख ३०, २०७६ १५:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?