१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा

काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी सरुवा

त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।


स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।


सरुवाको अधिकार महानिरीक्षकमा निहित भए पनि गम्भीर प्रकृतिको अनुसन्धान प्रभावित हुने गरी भएको सरुवालाई अर्थपूर्ण रूपमा हेर्नेुपर्ने एक उच्च प्रहरी अधिकारीले कान्तिपुरलाई बताए । तीन महिने समयसीमा दिएर ब्युरोलाई अनुसन्धान गर्ने जिम्मेवारी दिए पनि एक महिनाभन्दा बढी बाँकी छ ।


अनुसन्धान निष्कर्ष नजिक पुग्नै लागेका बेला डीएसपी कटुवालको सरुवा भएको हो । ब्युरोका प्रमुख डीआईजी शाहीले डीएसपी कटुवालको सरुवा निर्णय आए पनि त्यसले केही फरक नपर्ने बताए । ‘सरुवाको कुरा आए पनि यहीं काम गरिरहनुभएको छ,’ उनले भने । प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले अनुसन्धान संस्थागत काम भएकाले व्यक्तिको सरुवाले असर नपार्ने बताए ।

प्रकाशित : वैशाख ३१, २०७६ ०७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?