कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

ल्होत्से हिमालको चुचुरो पुगे ७ नेपालीसहित १२ जना

सुरज कुँवर

काठमाडौँ — यस सिजनको पहिलो नेपाली टोली मंगलबार बिहान ९ बजेर ४७ मिनेटमा विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेको छ । डोरी टाँग्ने ५ नेपाली शेर्पासहित १२ जनाले ल्होत्सेमा आरोहण गरेका छन् ।

ल्होत्से हिमालको चुचुरो पुगे ७ नेपालीसहित १२ जना

सगरमाथा आधार शिविरबाट सर्म्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएको जानकारी अनुसार, उनीहरु बाटो बनाउँदै चुचुरोमा पुगेका हुन् । ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कञ्चनजंघापछिको विश्वकै चौथो अग्लो हिमाल हो ।


चुचुरोमा पुग्नेमा नेपालीहरुमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा छन् । सगरमाथासँग जोडिएको ल्होत्से ८ हजार ५ सय १६ मिटर अग्लो छ ।


सम्पर्क अधिकृत श्रेष्ठका अनुसार, इम्याजिन नेपाल ट्रेक एण्ड एक्सपीडीसन कम्पनीबाट गएका एक पाकिस्तानी, दुई ग्रिस र दुई चिनियाँ र दुईजना गाइड शेर्पासहित १२ जना आरोहीले बिहान ल्होत्से आरोहण गरेका छन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?