मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री भन्छन्, 'प्रायोजित आन्दोलनको ओखती हुँदैन'

रमेशकुमार पौडेल

चितवन — सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिडिया कानुनको विषयमा बुझ्दै नबुझी विरोध गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । उनले संविधानभन्दा बाहिर कुनै पनि कानुन नबन्ने स्पष्ट पार्दै प्रायोजित आन्दोलन गर्न खोजिएको दाबी गरे । 

मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री भन्छन्, 'प्रायोजित आन्दोलनको ओखती हुँदैन'

सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको मंगलबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकका बारेमा कतिपय मान्छेहरु कुरै नबुझी दौडिरहेको टिप्पणी गरे । 'संविधानभन्दा बाहिर कुनै कानुन बन्दैन । बहस किन ? प्रायोजित आन्दोलनको ओखती हुँदैन' उनले भने, 'केही साथीहरु कुरै नबुझी दौडिरहेका छन् ।' स्वत्नत्रता छ भन्दैमा जथाभावी लेख्न नमिल्ने भन्दै उनले मिडिया हाउस र पत्रकारले आफैं स्वनियमन गर्नु पर्ने सुझाव दिए । सीमाविहीन स्वत्नत्रता हाम्रो शब्दावलीमा छैन भन्दै उनले नियमनले हामीलाई उत्तरदायी बनाउने विश्वास व्यक्त गरे ।


'समाचार लेखेपछि जवाफदेहिता बोक्नुपर्छ । पुष्टि गर्नुपर्छ' उनले भने, 'यत्तिकै आरोप लगाइदिएको हुन्छ । उपभोक्ता समितिको अध्यक्षसमेत बाँकी रहँदैन । के चित्त बुझेको हुँदैन, खायो त्यल्ले । मेयरको कुरै छोड्दिनुस् । सब ध्वस्त बनाए । कोहीलाई पनि छोड्दैन । तर कसरी भयो भन्ने भन्दैन ।'

मुलुकको शान्ति, सुशासन, समृद्धि र राजनीतिक स्थिरतालाई भत्काउन केही तत्वहरु सक्रियता रहेको उनले दाबी गरे । तर, कुन तत्व भन्ने उनले खुलाएनन् ।

प्रकाशित : वैशाख ३१, २०७६ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?