घूस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा उपस्थित

कृष्ण ज्ञवाली

काठमाडौँ — ७८ लाखको घूस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् ।

घूस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा उपस्थित

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ ।


बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने छ । त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ । उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हाल फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध घूस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो पनि पढ्नुहोस् :


प्रकाशित : जेष्ठ १, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?