सरकारले मिडिया काउन्सिल विधेयक फिर्ता गर्नुपर्छ  : रामशरण महत

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले सरकारले सञ्चार र मानव अधिकारको क्षेत्रमा हस्तक्षेपकारी कार्य गरेको आरोप लगाएका छन् । उनले सरकार अधिनायकवादतर्फ अग्रसर भएको भन्दै लोकतान्त्रिक मूल्यमान्यतालाई ख्याल नगरिए त्यसमा प्रतिपक्ष मुकदर्शक भएर चुप लागेर नबस्ने चेतावनी दिए ।

प्रेस युनियन धनकुटाले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महतले सरकारले अघि सारेको आमसञ्चार विधेयक समग्र सञ्चार क्षेत्रमाथिको आत्रमण रहेको टिप्पणी गरे । मन्त्रीपरिषदबाट पारित भएर संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक समग्र सञ्चार क्षेत्रको विरुद्ध रहेकोले संसदबाट पास गर्न नहुने महतको धारणा थियो ।

यस्तै, सरकारले मानवअधिकारको क्षेत्रमा समेत गलत कार्य गरेको आरोप लगाए । सत्ता बाहिर हुँदा ठुलो स्वर गर्नेले सत्तामा पुगेपछि विपरित कार्य गरेको उनको तर्क थियो ।
प्रतिपक्षको भूमिका कमजोर रहेको भन्ने पत्रकारको जिज्ञासामा महतले कांग्रेसले हिंसात्मक शैलीको आन्दोलन नगर्ने भन्दै सत्तापक्षका नचाहिँदो कार्यको सशक्त रुपमा विरोध गर्ने बताए । अधिकांस समय सरकारको विरोधमा खर्चिएका कांग्रेस केन्द्रीय सदस्य समेत रहेका महतले वर्तमान सरकार राष्ट्रियताको सवालमा सबल रहेको भन्दै त्यसको फाइदा चीनसँगको व्यापार र सम्झौताप्रति सकारात्मक रहेको उल्लेख गरे ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रचारमुखि मात्र रहेको भन्दै सस्तो लोकप्रियतामा सिमित यस्ता कार्यक्रमले दिर्घकालिन उपलब्धी नहुने उनको धारणा थियो । पत्रकार भेटघाटमा कांग्रेस नेता रामहरि खतिवडा, रामकृष्ण यादव लगायतको सहभागिता थियो ।

प्रकाशित : जेष्ठ १, २०७६ १२:३९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घूस काण्डमा परेका अख्तियारका पूर्वआयुक्त पाठक विशेष अदालतमा उपस्थित

कृष्ण ज्ञवाली

काठमाडौँ — ७८ लाखको घूस काण्डमा परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक बुधबार सुटुक्क विशेष अदालतमा उपस्थित भएका छन् ।

अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ।

बयानपछि मंगलबार नै थुनछेकको लागि सुनुवाइ हुने छ। त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ। उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हाल फरार छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्वआयुक्त राजनारायण पाठकविरुद्ध घूस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

यो पनि पढ्नुहोस् :


प्रकाशित : जेष्ठ १, २०७६ १२:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT