कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निजी सचिवले घूस खाएको आरोपपछि वाणिज्य मन्त्रालयमा बबाल, मन्त्री यादवले समाते कर्मचारीको कठालो  

राजु चौधरी

काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवका निजी सचिवले घूस खाएको आरोप लागेपछि मन्त्रालयमै बबाल मच्चिएको छ । निजी सचिव प्रेम आचार्यले घूस खाएर आफूहरुलाई सरुवा गरिएको आरोप लगाउँदै केही कर्मचारी विरोधमा उत्रिएपछि बुधबार दिउँसो आपूर्ति मन्त्रालयमा लफडा भएको हो ।  

निजी सचिवले घूस खाएको आरोपपछि वाणिज्य मन्त्रालयमा बबाल, मन्त्री यादवले समाते कर्मचारीको कठालो  

मन्त्रालयले मापदण्ड नबनाइ पदस्थापन गरेको र निजी सचिव आचार्यले घूस खाएको आरोपसहित उनको कार्यकक्षमा पुगेका कर्मचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी र उपाध्यक्ष उत्तम कटुवालको नेतृत्वको टोलीबीच विवाद भएको थियो ।

घूस लिई सरुवा गरेको भन्दै निजी सचिव आचार्यमाथि आरोप लागेपछि कार्यकक्षमा रहेका मन्त्री यादव जंगिँदै बाहिर निस्केका थिए । मन्त्री यादवले भनेका थिए, 'झगडा गर्ने को हो, घूस खाको भन्ने को हो ? प्रमाण के छ, पुष्टि गर । नत्र यहीं थुन्छु ।' मन्त्री यादवले ढोका लगाउन निर्देशन दिएसँगै करिब एक दर्जनको संख्यामा रहेका कर्मचारीहरु भागभाग गरे । त्यही बेला मन्त्री यादव कर्मचारीहरुको कठालो समाउन पुगे ।


मन्त्री यादवका निजी सचिव आचार्यले भने ती कर्मचारीहरुले उद्योग विभाग जान नपाएको झोंकमा आफूमाथि घूस लिएको आरोप लगाएको दाबी गरे।


गृहमन्त्रालयबाट हटाइएका उपसचिव विनोद खड्कालाई उद्योग मन्त्रालयले आर्थिक चलखेल गरी उद्योग विभागमा पदस्थापन गरेको, शाखा अधिकृत आर्जुन राईलाई अध्ययन बिदा सकेको वर्ष दिन नपुग्दै उद्योग विभागमा सरुवा गरेको भन्दै कर्मचारीहरुले विरोध जनाएका छन् ।

प्रकाशित : जेष्ठ १, २०७६ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?