१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आदेश पालना नगरेको आरोपमा मालपोत अधिकृतलाई ५ हजार जरिवाना 

काठमाडौँ — बारम्बार आफूले दिएको आदेश पालना नगरेको भन्दै उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुखलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ । बारम्बार कागज झिकाउने आदेश गर्दासमेत त्यसको पालना नगरेको भन्दै न्यायाधीशहरु मुहम्मद साविर हुसैन र टेकनारायण कुँवरको इजलासले 'सम्बन्धित पदाधिकारीबाट कुनै जवाफ नै नदिई मौन बस्नु अदालतको आदेशको अवज्ञा गरेको'  भन्दै पहिलो पटकका लागि ५ हजार जरिवाना गर्ने आदेश दिएको हो ।

हाल डिल्लीबजार मालपोत कार्यालयको प्रमुखमा भेषराज मरासिनी छन् ।


काठमाडौं महानगरपालिकाले शहिद धर्मभक्त माथेमाको नाममा पार्क बनाउने योजना बनाएको थियो । ओमी अमात्यले निवेदन दिएको उक्त मुद्दा जग्गा खिचलोको हो । उक्त जग्गा आफ्नो नाममा भएको भन्दै केही व्यक्तिले उच्च अदालत पाटनमा निवेदन दिए र अन्तरिम आदेश पाए । जग्गाको विवरण पटक-पटक माग्दासमेत मालपोत कार्यालयले कुनै जवाफ नदिएको भन्दै उच्च अदालतले प्रमुखलाई जरिवाना तोकी उपस्थित हुन आदेश गरेको हो । अदालतको आदेशमा भनिएको छ, 'आदेश अनुसार काम सम्पन्न गरी उल्लेखित जरिवाना रकमसमेत बुझाउन ७ दिनभित्र आफै यस अदालतमा उपस्थित हुन आउनु भनी पत्राचार गरी पेस गर्नुहोला ।' २०७५ असार १८ गतेदेखि चैत ३ गतेसम्म उच्च अदालत पाटनले फाइलका लागि ५ पटक पत्र पठाइसकेको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?