२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

श्रीमतीमाथि एसिड प्रहार

काठमाडौँ — राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि बुधबार एसिड प्रहार भएको छ ।

काभ्रे फूलबारीका २८ वर्षीय विष्णु भुजेलले कुरा गर्नु छ भन्दै डेरा बाहिर बोलाएर एसिड छ्यापेका हुन् । भुजेलको जेठी श्रीमती रोजगारीको सिलसिलामा विदेशमा छिन् ।

युवतीको अनुहार र छातीमा एसिड परेको छ । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको छ । विष्णुलाई प्रहरीले राति १० बजे काँडाघारीबाट पक्राउ गरेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले बताए । उनलाई सुरुमा ओम अस्पताल लगिएको थियो ।


ओम अस्पतालमा उपचार सम्भव नभएपछि कीर्तिपुर अस्पताल लगिएको छ । खड्काको एसिडले शरीरको २० प्रतिशत भाग जलेको छ । उनको बिहीबार १० बजेपछि अप्रेसन गर्ने तयारी गरिएको छ ।

झन्डै ३ वर्षअघि विष्णुले जेनीसँग बिहे गरेका थिए । घर पुगेपछि विष्णुको पहिल्यै बिहे भएको थाहा पाएकी उनी माइत बस्दै आएकी थिइन् ।


प्रकाशित : जेष्ठ २, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?