देउवा पहिलो पटक विकास समितिको बैठकमा
काठमाडौं — कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार पहिलो पटक विकास समितिको बैठकमा उपस्थित भएका छन् । संसद् चलेको एक वर्ष बितिसक्दा पनि उनी आफू संलग्न समितिको बैठकमा कहिल्यै गएका थिएनन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा बुधबार पहिलो पटक विकास समितिको बैठकमा उपस्थित भएका छन् । संसद् चलेको एक वर्ष बितिसक्दा पनि उनी आफू संलग्न समितिको बैठकमा कहिल्यै गएका थिएनन् । समितिमा अर्का पूर्वप्रधानमन्त्री पनि सदस्य छन् । नेकपा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल अधिकांश बैठकमा उपस्थित हुन्छन् भने देउवा अनुपस्थित रहन्थे । विकास समितिका हालसम्म ३५ वटा बैठक भइसकेका छन् । करिब १५ मिनेट बसेर देउवा बाहिरिएका थिए ।
प्रकाशित : जेष्ठ २, २०७६ ०८:३९प्रतिक्रिया