कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : गगन थापा

भीमबहादुर सिंह

जाजरकोट — नेपाली कांग्रेसका नेता गगन थापाले मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी भएको बताएका छन् । लोकतान्त्रिक व्यवस्थामा प्रेस स्वतन्त्रता विरोधी विधेयक ल्याउनु निरंकुश तथा अलोकतान्त्रिक हर्कत भएको उनले बताए ।

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी : गगन थापा

प्रेस स्वतन्त्रता विरोधी उक्त विद्येयक विरुद्ध सञ्चार जगत मात्र होइन आम नेपाली जनता पनि जाग्नुपर्ने थापाको भनाई थियो ।


कांग्रेसको राष्ट्रिय जागरण अभियान अर्न्तगत नेपाली कांग्रेस पार्टी जाजरकोट क्षेत्र नं २, क्षेत्रिय कार्य समितिले थलहबजारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । पूर्वमन्त्री समेत रहेका थापाले दुई तिहाईको सरकारले नागरिकको अधिकार खोस्दै गएको बताए ।


ओली सरकारले अदालत, मानव अधिकार आयोग, अख्तियार, सञ्चार लगायत क्षेत्रलाई समेत नियन्त्रणमा राख्ने हर्कत गरेको उनले दाबी गरे । ‘गणतान्त्रिक व्यवस्थामा जनताले नागरिक अधिकारको उपभोग गर्न पाउनु पर्छ । त्यस्तै पत्रकारले गलतको कामको विरोधमा लेख्न र बोल्न पाउनुपर्छ,’ थापाले भने ।


दुई तिहाईको केपी ओली सरकारले जनताका लागि गर्नुपर्ने काम त गर्दै गरेन, गर्न नहुने काम समेत गर्न थालेको थापाले बताए । ‘राष्ट्रपति सडकमा निस्कँदा समेत जनताको भागभाग हुन्छ, जस्का कारण गणतान्त्रिक व्यवस्था प्रति जनतामा आक्रोस पैदा भएको छ,’ नेता थापाले भने ।


उनले पछिल्लो समय नेपाली कांग्रेस कमजोर नभएर जिम्मेवार भएको बताएका छन् । कांग्रेस गणतन्त्र, संविधान कार्यान्वयन र राजनीतिक मुल्यमान्यता प्रति जिम्मेवार भएको थापाले बताए । प्रधानमन्त्री ओलीले जथाभावी गफलाई स्थान दिएको तर, नेपाली नागरिकको हक हितमा ध्यान नदिएको उनले बताए ।

उक्त आमसभामा केन्द्रिय प्रतिनिधी एवं पूर्वराज्यमन्त्री तप्तबहादुर विष्टले देशको वर्तमान अवस्था र कांगेसको भुमिकाबारे जनतालाई स्पष्ट पार्न जनजागरण अभियान लिएर गाउँ पसेको बताए । दुई तिहाई सरकारका गलत गतिविधीको भण्डाफोर गर्न जनजागरण अभियान मार्फत सम्पूर्ण देशवासी जाग्नुपर्ने विष्टले बताए ।


जनजागरण अभियानमा कांग्रेस जाजरकोटका सभापति दीपकजंग शाह, नेता वेदराज सिंह, शेरबहादुर शाही लगायत सहभागिता रहेको छ । जाजरकोट कांग्रेसले जनजागरण अभियान अर्न्तगत सदरमुकाम खलंगा र छेडागाड नगरपालिकाको थलहबजारमा कार्यक्रम सम्पन्न गरेको छ । सोही अभियान अर्न्तगत कांग्रेसले नलगाड नगरपालिकाको दल्ली, बारेकोटको लिम्सा, कुशे गाउपालिकाको भार्म, भेरी नगरपालिकाको स्याउलीबजार लगायत स्थानमा कार्यक्रम आयोजना गर्न लागेको नेता वेदराज सिंहले बताए ।

प्रकाशित : जेष्ठ २, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?