१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

माथिल्लो त्रिशूली 'थ्री ए' को ३० मेगावाट विद्युत उत्पादन सुरु

काठमाडौँ — रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली 'थ्री ए' आयोजनाले ३० मेगावाट विद्युत उत्पादन थालेको छ । कूल जडित क्षमता ६० मेगावाट भएको आयोजनाले पहिलो यूनिटबाट विद्युत उत्पादन थालेको हो ।

माथिल्लो त्रिशूली 'थ्री ए' को ३० मेगावाट विद्युत उत्पादन सुरु

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार बिहान स्वीच थिचेर आयोजनाको विद्युत उत्पादन सुरुवात गरेका हुन् । आयोजनाको दोस्रो यूनिटको काम असारभित्र सक्ने लक्ष्य छ ।


९ वर्षअघि निर्माण सुरु भएको आयोजना भूकम्प, क्षमता बढाउने विवाद लगायतका कारणले ढिला भएको थियो ।


आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाडौंको मातातीर्थ स्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँध लगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन सुरु हुने छ ।


कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेकेा विद्युत्को परिमाण घट्ने बताए ।


यो पनि पढ्नुहोस्ः

माथिल्लो त्रिशूली 'थ्री ए'मा वैशाख दोस्रो साताबाट उत्पादन

प्रकाशित : जेष्ठ २, २०७६ १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?