कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अख्तियारको सञ्चार विज्ञमा अधिकारी

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे सञ्चार विज्ञमा पत्रकार शरद अधिकारी नियुक्त भएका छन् । आफ्नो जनसम्पर्क तथा सञ्चारलाई फराकिलो बनाउने उद्देश्यका साथ उनलाई सञ्चार विज्ञमा नियुक्त गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

अख्तियारको सञ्चार विज्ञमा अधिकारी

राष्ट्रिय सुरक्षा लगायत मानवीय अभिरुचिका विषयमा अधिकारी दुई दशकदेखि पत्रकारितामा छन् । उनी यसअघि राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतका रुपमा कार्यरत थिए । अधिकारी पछिल्लो समय बारबरा फाउन्डेसनमा निर्देशकका रुपमा समेत कार्यरत थिए ।

प्रकाशित : जेष्ठ २, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?