एसिडपीडित युवतीकाे अवस्था गम्भीर

फातिमा बानु

काठमाडौँ — एसिड आक्रमणमा परेकी २० वर्षीया जेनी खड्काको अवस्था चिन्ताजनक छ । बुधबार राति ८ बजे एसिड आक्रमणलगत्तै उनलाई चाबहिलको ओम अस्पताल पुर्‌याइएको थियो ।

ओममा जलेका बिरामीको उपचार सम्भव नहुने भएकाले राति नै उनलाई किर्तिपुर अस्पताल लगिएकाे थियो। अहिलेसम्म उनी बोल्न, खान नसक्ने अवस्थामा छिन्।

राजधानीको कालोपुलमा आमा र बहिनीसँग डेरा गरी बस्ने खड्कामाथि बुधबार एसिड प्रहार भएको थियाे।

उपचारमा संलग्न चिकित्सक डा. अपार लामिछानेका अनुसार अस्पताल पुर्‌याउँदा उनको अवस्था सामान्य भए पनि अहिले चिन्ताजनकबनेकाे छ। एसिडले उनको शरीरको १५ प्रतिशत भाग जलेको छ। जलेका घाउ गहिरा छन्। विषेशगरी घाँटी, टाउको पछाडिको भाग र अनुहार प्रभावित छ। दुबै हातमा पनि एसिडका छिटाहरू परेका छन्।

'एसिडका मुख्य असर तत्कालै देखिदैनन्। घाउ गहिरिदै जान सक्छन्,'डा. लामिछानेले भने। उनका अनुसार एसिडमा मिसिएका हानिकारक रसायन बिस्तारै रगत र शरीरका भित्री भागसम्म फैलिन्छन् र बिरामीको अवस्था गम्भिर बनाइदिन्छ।

उपचारमा संलग्न बर्न तथा प्लाष्टिक सर्जन डा. कृष्णकुमार नगरकोटीले १५ प्रतिशत जल्नुलाई जोखिम मानिने बताए। मृत्यु हुने सम्भावना कम भएपनि उपचार लामो र खर्चिलो हुन्छ। बिरामीलाई पहिलेको अवस्थामा ल्याउन सकिदैँन। उनी भन्छन्, 'कम ठाउँमा एसिड लागेको भए पनि घाउको अवस्था हेर्दा खतरा नै छ। हामीले अहिले जलेका भागको घाउ सफा गर्ने खालको उपचार गरिरहेका छौं। जलेर मरेका 'टिस्यु' काटेर फालेका छौं।' काटेर नफाले एसिड परेका मांशपेशी कुहिन्छन्। जसले शरीरभरि संक्रमण फैलिन सक्ने उनले बताए।

प्रकाशित : जेष्ठ २, २०७६ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्

सबस्टेशनको काम रोकिएपछि यसरी जंगिए कुलमान (भिडियो)

कान्तिपुर संवाददाता

काठमाडौँ — स्थानीयले आफ्नो माग पूरा नभएको भन्दै त्रिशूली 'थ्री बी' को सबस्टेशनको काम स्थानीयवासीले रोकेपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आक्रोश पोखेका छन् । नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंसीमा निर्माणाधीन सबस्टेशन निर्माणको काम दुई दिनदेखि ठप्प छ ।


सबस्टेशन निर्माणको क्रममा कुलो मिचिएको र सबस्टेशन वरपरको जग्गालाई आयोजनाले संरक्षण गर्नुपर्ने माग राख्दै स्थानीयबासीले आयोजनाको काम रोकेका हुन्।

स्थानीयबासीको माग नभई केही व्यक्तिले माग राखी काम रोकेको भन्दै घिसिङले आक्रोश पोखेका हुन्।

प्रकाशित : जेष्ठ २, २०७६ १९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्