प्रदेश २ मा पनि उस्तै सञ्चार विधेयक, समाचार लेख्दा १ करोड

'भूलवश भएको हो, संशोधन'

जनकपुर — प्रदेश २ को सरकारले प्रदेशसभामा बिहीबार दर्ता गरेको सञ्चार ऐन विधेयकमा पनि प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच पुर्‍याउने खालको समाचार सम्प्रेषण गरेमा १ करोडसम्म जरिवाना गरिने प्रावधान राखेको छ ।

‘कसैले दफा ५५ (क) बमोजिम कसुर गरेमा कसुरको मात्रा हेरी पाँच लाखदेखि एक करोडसम्म जरिवाना गर्न सक्नेछ’ विधेयकमा भनिएको छ । उल्लिखित दफामा प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने विषयलगायत विषय उल्लेख छ ।


आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले मंगलबार प्रदेशसभामा टेबल गरेको प्रदेश सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा कसुरको मात्रा हेरी ५० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना गरिने प्रावधान राखिएको छ । तर, प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले भूलवश विधेयकमा १ करोड रुपैयाँ प्रावधान लेखिएको बताउँदै संशोधनमार्फत विधेयक सच्याउने दाबी गरे ।


‘म आफैं मिडियाका लागि लड्ने मान्छे,’ मुख्यमन्त्री राउतले भने, ‘यो कुनै पनि हालतमा हुन्न । यो गल्ती सच्याउँछौं ।’


प्रकाशित : जेष्ठ ३, २०७६ ०७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?