२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सगरमाथा र मकालुमा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

सुरज कुँवर

काठमाडौँ — सगरमाथा र मकालु हिमाल आराेहण सकेर फर्कँदै गरेका दुई भारतीयकाे बाटाेमा मृत्यु भएकाे छ । एकजना बेपत्ता छन् ।

सगरमाथा र मकालुमा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

बिहीबार दिउँसो आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले कान्तिपुरसँग भने, ‘अक्सिजन अभावले उनको मृत्यु भएको खबर आएको छ ।


सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ ।


यसैबीच यही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि मृत्यु भएको अध्यक्ष शेर्पाले बताए ।


८४८१ मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष हराइरहेका छन् ।


बिहीबार साँझ आरोहण सकेर फर्कनेक्रममा उनी हराएका थिए । ‘शेर्पाहरुले दिपंकरलाई खोज्न सकिने ठाउँसम्म पुगेर खोजे तर कतै भेटिएनन्,’ अध्यक्ष शेर्पाले भने, ‘ सायद दिपंकरको शव भेटिन ग्राहो छ ।’


यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?