१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : दाहाल

'एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको छ'
रासस

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने बताएका छन् ।

बहुदलीय जनवाद र नयाँ जनवादको सश्लेषण गर्नुपर्छ : दाहाल

२६ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका सर्न्दभमा शुक्रबार मदननगर बल्खुमा आयोजित कार्यक्रममा उनले राष्ट्रयि तथा अन्तर्राष्ट्रयि रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताए ।


अन्तर्राष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन समाजमा वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उनी लोकप्रिय भएको अध्यक्ष दाहालले बताए । 'पुराना सद्धिान्तलाई समयसापेक्ष विकास गरी कम्युनिष्ट आन्दोलनमा भण्डारीले वैचारिक दृष्टिकाेण दिनुभएको हो,' दाहालले भने, 'नयाँ परस्थितिअिनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्न सकेमा मात्र हामी वैज्ञानिक सश्लेषण गर्न समर्थ हुन्छौँ ।'


मुलुकमा सामाजिक न्याय, सामाजकि सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष दाहालले एकता भाड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको र जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकाेणका कारण कसैको केही नलागेको बताए ।


उनले एक वर्ष अगाडि दुई पार्टी एकीकरण गर्दा तीन महीनाभित्र एकता गरिने भनिए पनि प्राविधिक कारणले ढिलाे भएको बताए ।

उनले जनवर्गीय संगठनको एकता हालै गरएिकाले अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महिनाभित्र महाधिवेश सम्पन्न गर्ने योजना रहेको बताए ।


संंगठनको तल्लो तहसम्म जनतालाई जोड्ने र उत्पदनशील क्षेत्रमा लगानी गरी रोजगारी सिर्जना गर्ने, उनीहरुलाई विकास र समृद्धिकाे यात्रामा सहभागी गराउने अध्यक्ष दाहालले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७६ १२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?