१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भाइद्वारा दाइको गोली हानी हत्या

भूषण यादव

वीरगन्ज — घरायसी विवादमा आफ्नै भाइले ५५ वर्षीय दाइलाई गोली हानी हत्या गरेका छन् । पर्साको जिराभवानी गाउँपालिका-१ बलुवा निवासी ३८ वर्षीय शेख सेराजुद्दिनले चलाएको गोली लागि गम्भीर घाइते भएका शेख फारुकको उपचारको क्रममा मृत्यु भएको हो । 

भाइद्वारा दाइको गोली हानी हत्या

दाहिने पाखुरामुनि गोली लागेका शेखलाई बिहीबार राति वीरगन्जको नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । चिकित्सकका अनुसार गोली भित्रै अड्किएको थियो ।


नारायणीले रिफर गरेपछि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो । त्यहाँबाट चिकित्सकले उपचार सम्भव नभएको जनाएपछि थप उपचारका लागि काठमाडौं लैजाने क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए ।


गोली प्रहार गर्ने शेख सेराजुद्दिनलाई पेस्तोल सहित स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । प्रहरीले सेराजुद्दिनको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीन थान गोली बरामद गरेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?