१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते (अपडेट)

हरिहरसिंह राठौर

धादिङ — काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेकाे बस धादिङको गजुरी ६ बन्छेटारस्थित त्रिशूली नदीमा खस्दा पाँचजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र ४ जना पुरुष रहेको उद्धारका लागि घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

त्रिशूलीमा बस खस्यो, पाँचजनाकाे मृत्यु, २८ घाइते (अपडेट)

आइतबार बिहान ना ७ ख ४३८७ नम्बरको बस सडकबाट ६० मिटर तल त्रिशूली नदीमा खसेको हो । मृतकहरुको सनाखत हुन नसकेको गजुरी स्थित प्रहरी निरिक्षक नवराज ढुंगेलले बताए ।


दुर्घटनामा २८ जना घाइते छन् । घाइते मध्ये १४ जनालाई उपचारका लागि काठमाडाैं पठाइएकाे छ । अन्यकाे स्थानीय गजुरी, आदमघाट, मलेखु लगायतका अस्पतालहरुमा उपचार भइरहेकाे छ। दुर्घटनाकाे कारण खुल्न सकेकाे छैन ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?