कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

प्रहरी जवानद्वारा युवती बलात्कृत 

नवीन पौडेल

परासी — किशोरी बलात्कारको आरोपमा पश्चिम नवलपरासी दंगा नियन्त्रण गण सुनवलका दुई जना प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । बैशाख १ गते घाँस काट्न जंगल आएका दुई युवतीहरूलाई प्रहरी जवानहरूले बलात्कार गरेको आरोप लागेको छ ।

प्रहरी जवानद्वय मास्माण्डु गाउँपालिका-८ डडेलधुराका २५ वर्षीय प्रेम खड्का र गडवा गाउँपालिका-४ दाङ का २३ वर्षीय पाटेश्वर यादव रहेका छन् ।


घटना घटेकेा एक महिनापछि मात्र पीडित युवतीहरूले प्रहरी समक्ष प्रहरीले नै आफूहरूलाई बलात्कार गरेको उजुरी हालेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी वीरेन्द्र थापाले बताए । पीडित युवतीहरूको उमेर १७ र २६ वर्ष रहेको प्रहरीले जनाएको छ ।


प्रहरी जवानहरूलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७६ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?