कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुण्डीमा संग्लन तीन पक्राउ

काठमाडौँ — प्रहरीले हुण्डी कारोबारमा संग्लन भएको आरोपमा ३४ लाख ८९ हजार सहित तीन जनालाई चाबहिलबाट पक्राउ गरेको छ । प्रहरी परिसर काठमाडौंले चाबहिलमा कोठा नै लिएर हुण्डी कारोबार गर्दै आएका अर्जुन राई, जगत खड्का र सुनिल राईलाई पक्राउ गरेको हो ।

हुण्डीमा संग्लन तीन पक्राउ

प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार विशेष गरी दुबई र खाडीका अन्य देशबाट अवैध रुपमा पैसा भित्र्याउने र वितरण गर्ने गरेको देखिन्छ ।


उनका अनुसार यो समूहले संगठित रुपमै हुण्डीको कारोबार गरेको देखिन्छ । प्रहरीले उनीहरुको कोठाबाट पैसा गन्ने मेसिन, कारोबारका विवरण लेखिएका फाईलहरु बरामद गरेको छ ।


प्रकाशित : जेष्ठ ५, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?