कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

शव बोकेको एम्बुलेन्स दुर्घटना

महोत्तरी — काठमाडौंबाट शव बोकेर महोत्तरीको खयरमारातर्फ जाँदै गरेको एम्बुलेन्स बर्दिवास-१ स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार राति ट्रकसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । 

बा८च ८७४९ नम्बरको एम्बुलेन्स पूर्वपश्चिम राजमार्गमा पूर्वदेखि पश्चिमतर्फ गइरहेको ना७ख ६७६५ नम्बरको मालवाहक ट्रकसँग ठोक्किएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । एम्बुलेन्समा सवार बर्दिवास-११ खयरमाराका ४८ वषर्ीया हेमकुमारी गौतमको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको टाउकोमा गहिरो चोट लागेको थियो । सोही एम्बुलेन्समा सवार हेमकुमारीका दाजु दधिराम र अम्बिका गौतम घाइते छन् । उनीहरूको टाउकोलगायत शरीरका विभिन्न अंगमा चोट लागेको छ ।


दमको दीर्घरोगी ८४ वषर्ीया आमा मदममाया गौतमको काठमाडौंको सुन्धारास्थित बीपी मेमोरियल अस्पतालमा उपचारक्रममा शनिबार मृत्यु भएपछि गौतम दाजुबहिनी एम्बुलेन्समा आमाको शव लिएर घर आउँदै थिए । पीडित परिवारका अनुसार अगाडि गुडिरहेको ट्रकले बर्दिवासको होटल प्लाजा नजिक अकस्मात् बे्रक लगाएपछि पछाडिबाट एम्बुलेन्स ठोक्किएको थियो ।


प्रकाशित : जेष्ठ ५, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?