डकैतीमा संलग्न लामालाई गोली हानेर अपराध महाशाखाको टोलीले पक्राउ गर्‍यो

जनकराज सापकाेटा

काठमाडौँ — चोरी डकैतीमा संलग्न सिन्धुपाल्चोकको मेलम्ची घरभएका काले भनिने विष्णु लामालाई प्रहरीले गोली हानेर पक्राउ गरेकाे छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार बिहान काठमाडौंको टोखाबाट लामालाई पक्राउ गरेकाे हो ।

डकैतीमा संलग्न लामालाई गोली हानेर अपराध महाशाखाको टोलीले पक्राउ गर्‍यो

नियन्त्रणमा लिने क्रममा लामाले हतियार देखाएपछि घुडाँमूनि गोली हानेर उनलाई पक्राउ गरेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

लामा ०७२ सालमा ६ वर्ष जेल बसेर छुटेका थिए । त्यसयता लामाविरुद्ध ७ वटा चोरी मुद्दा छन् ।

उनले पूर्व एआइजी जयबहादुर चन्द र पूर्व डिआइजी विश्वराज अधिकारीको घरमा समेत चोरी गरेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?