कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वन, वातावरण र भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा

काठमाडौँ — प्रतिनिधिसभाको सोमबारको बैठकमा वन, वातावरण संरक्षण र भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५ पेश भएको छ ।  
वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले 'वन विधेयक, २०७५’ र 'वातावरण संरक्षण विधेयक, २०७५’ एवं भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले ‘भूमि सम्बन्धी आठौँ संशोधन विधेयक, २०७५’ सदनमा पेश गरिन् । 

वन र वातावरण संरक्षण विधेयक प्रस्तुत गर्दै मन्त्री बस्नेतले जलवायु परिवर्तनका चुनौती सामना गर्न, प्रदूषणबाट क्षतिपूर्ति भराउन विधेयक मस्यौदा गरी ल्याइएको जानकारी दिए ।

विधेयकमाथि विरोधको सूचना प्रस्तुत गर्नुहुँदै सांसद प्रेम सुवालले विसं २०७२ मै काठमाडौँबाट औद्यागिक क्षेत्र स्थानान्तरण गर्ने भनी बजेट वक्तव्यमा ल्याए पनि अझै कार्यान्वयनमा नआएकाले वातावरण प्रदूषण हुँदै गएको बताए ।

औद्योगिक क्षेत्रको अनुगमन सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारमध्ये क कसले कुन कुन गर्ने भन्ने सूचीको व्यवस्था विधेयकमै गरिनुपर्ने उनको माग थिए । ठूला शहरमा मान्छे थुपार्ने सरकारी नीति गलत भएको सांसद सुवालले बताए ।

'भक्तपुरको उत्तरी र काठमाडौँको उत्तरपूर्वी भेगमा एक लाख रोपनीमा ठूलो शहरको विकास गर्ने भनेर कृषियोग्य जमीन सक्न खोजिँदैछ, जुन ठाउँमा जति मानिस बस्छन्, तिनलाई त्यहीँको जग्गाले खान पुग्ने गरी व्यवस्था हुनुपर्छ,' उनले भने ।


भूमिसम्बन्धी विधेयकमा विरोधको सूचना प्रस्तुत गर्नुहुँदै सांसद एकवाल मियाँले १३ लाख हेक्टर जग्गा अतिक्रमण भएको बताए । सुकुम्वासी र अव्यवस्थित बसोवास गर्नेलाई व्यवस्थित गर्न पनि उनले माग गरे ।

विधेयकमाथि सांसदद्वय सुवाल र मियाँले प्रस्तुत गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भएको थियो । विरोधको सूचना अस्वीकृत भएपछि तीनै वटा विधेयक सभामा पेश भयो ।

भूमिसम्बन्धी विधेयकका बारेमा सांसदहरुले विरोधको सूचनामार्फत् उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले जग्गाको व्यवस्थापनका लागि अधिकार सम्पन्न आयोग गठनको तयारी भइरहेको जानकारी दिइन् ।

सभाको अर्को बैठक जेठ ७ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १५:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?