कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पूर्व सासंद बीपी यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल जेल चलान

किर्ते उपभोक्ता समिति प्रकरण
अवधेशकुमार झा

राजविराज — पूर्व सासंद बीपी यादव र राजपाका केन्द्रीय सदस्य हरिनारायण मण्डल जेल चलान भएका छन् । किर्ते उपभोक्ता समिति गठन गरेर सरकारी कागज,सरकारी छाप र दस्तखत किर्ते गरेको आरोपमा दायर दुई फरक फरक मुद्दामा उनीहरु सोमबार जेल चलान भएका हुन् । 

पूर्व सासंद बीपी यादव र राजपा केन्द्रीय सदस्य हरि मण्डल जेल चलान

सप्तरी जिल्ला अदालतका न्यायाधीश उमेश कोइरालाको इजलासमा आइतबार र सोमबार भएको थुनछेकको बहसपछि यादव र मण्डललाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश भएको हो ।


सप्तरी जिल्लाको अग्नीसाइर कृष्णासवरण गाउँपालिका र छिन्नमस्ता गाउँपालिकामा किर्ते गरी उपभोक्ता समिती गठन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले मुद्दा चलाएको थियो ।

उक्त प्रकरणमा पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका सिनियर डिभिजन इन्जिनियर राजकुमार गोइतलाई ४ लाख रुपैयाँ धरौटी लिने आदेश भएको जिल्ला अदालत सप्तरीले जनाएको छ ।


यसैगरी अग्नीसाइर कृष्णासवरण गाउँपालिकामा किर्ते उपभोक्ता समिति गठन सम्बन्धि मुद्दामा यादव, मण्डल र गोइतसँगै प्रतिवादी बनाइएका दिलिपकुमार दास र रामाकान्त ठाकुरको हकमा अदालतले २ लाख ५० हजार रुपैयाँका दरले धरौटी लिने आदेश गरेको छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?