२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

नेटवर्किङ विस्तारमा संग्लन थप ८ भारतीय पक्राउ

जनकराज सापकोटा

काठमाडौँ — नेटवर्किङ विस्तारमा संग्लन ८ भारतीयलाई प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको छ । २८ वैशाखमा प्रहरीले साइन ग्रुपका नाममा काठमाडौं आएर पिरामिड शैलीको नेटवर्किङ विस्तार गर्दै आएका १२ भारतीयलाई पक्राउ गरेको थियो । सोमबार पक्राउ परेकाहरु यही समूहका अन्य सदस्य भएको प्रहरीले जनाएको छ ।

नेटवर्किङ विस्तारमा संग्लन थप ८ भारतीय पक्राउ

प्रहरीले मोहम्मद मियाँ, तेजनारायण शुक्ल, नुर ऐन वार्सी, राजेश कुमार शुक्ल, अटल त्रिपाठी, रबी गिरी, नितिन श्रीवस्तावक मोहम्मद सोयललाई ठमेल र बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट प्रहरीले स्रोत नखुलेको ४२ लाख रुपैयाँ बरामद गरेको छ । प्रहरीका अनुसार त्यतिका धेरै रकम उनीहरुले नेटवर्कको सदस्य बनेका नेपालीबाट उठाएको हुनसक्ने आशंका गरेको छ । परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले पक्राउ परेकाहरुलाई संगठित अपराधमा मुद्दा चलाउने प्रक्रिया थालिएको बताए ।


यो समूहले दुबईमा प्रधान कार्यालय रहेको भारतको लखनउ, हङकङ र मौरिससमा शाखा कार्यलय रहेको बताउँदै पिरामिड शैलीको नेटवर्क व्यवसाय विस्तार गर्न खोजेको देखिन्छ । न्यूनतम १२ सय ५० डलर जम्मा गरेर खाता खोल्न सकिने, जसमा कम्पनीले त्यति नै रकम थप गरिदिने र ६ महिनापछि क्रेडिट कार्ड दिने बताउँदै कम्पनीले सदस्यता विस्तार सुरु गरेको देखिन्छ । खातामा २५ सय डलर जम्मा भएपछि प्रत्येक महिना ५ प्रतिशत कमिसन पाइने र नयाँ सदस्य बढाउन सकेमा १५ प्रतिशत सम्म कमिसन पाइने प्रलोभन देखाइएको थियो ।


१९ मे सम्म बम्पर अफर रहेको र यो अवधिमा खातामा रकम जम्मा गरे १० देखि १५ प्रतिशत कमिसन पाउने अफर पनि कम्पनीले ल्याएको थियो । प्रहरी परिसर काठमाडौंका प्रवक्ता बोगटीले भने कम्पनीले बताए अनुसार दुबईमा मुख्यालय रहेको तथ्य झुटो रहेको बताए । कम्पनीको वेबसाइटमा पनि यसबारे भरपर्दो तथ्य भेटिँदैन ।


यो पनि पढ्नुहोस् :

नेटवर्किङ व्यवसाय गर्ने १२ भारतीय पक्राउ

प्रकाशित : जेष्ठ ६, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?