१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

'सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा'

धादिङ — प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा रहेको बताएका छन् । धादिङको गल्छीमा सोमबार मध्य पहाडी लोकमार्गमा सूचना महामार्ग निर्माण कार्यको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

'सरकार विकासको बाटोबाट नै समृद्धि हासिल गर्ने पक्षमा'

२०३८ सालपछि सबै भन्दा बढी आर्थिक वृद्धिदर यसै वर्ष भएको बताउँदै प्रधानमन्त्रीले भने,'हामी केही वर्ष भित्रै नेपाललाई तीव्र विकास हुने देशमा रूपान्तरण गर्दैछौं।' सरकारले विकास, शिक्षा ,स्वास्थ्य आदिका क्षेत्रमा सामान्य सुधार मात्र नभई आमूल परिवर्तन गर्न चाहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 'सरकारले साबिक जस्तै काम गरेर दिन कटाउने हैन, विविध क्षेत्रमा सामान्य सुधारको काम मात्र हैन, आमूल परिवर्तन गरेर देशको मुहार फेर्न चाहको छ ' प्रधानमन्त्री ओलीले भने ।

यस्तै प्रधानमन्त्री ओलीले आगामी वर्षको बजेटले देश विकासको गियर बढाउने बताएका छन् । 'जेठ १५ मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुन्छ । यसले देश विकासको गियर परिवर्तन गर्छ' उनले भने,'देश विकासको गति २ गियरमा छ भने ३ मा पुर्‍याउँछ । ३ मा छ भने ४ मा पुर्‍याउँछ ।'


प्रधानमन्त्री ओलीले मध्यपहाडी लोकमार्गको सुरुवाती बिन्दु पाँचथरदेखि अन्तिम बिन्दु बैतडीसम्म सूचना महामार्गको विस्तारले डिजिटल नेपाल बनाउन सहयोगी हुने बताए । 'हामी देशलाई विकासमा हरेक दिन एक कदम अघि बढाउन चाहन्छौँ' प्रधानमन्त्री ओलीले भने,'सूचना महामार्गको शिलान्यासले विकासमा एक कदम थपेको छ ।'

प्रकाशित : जेष्ठ ६, २०७६ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?