२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सुमार्गीको कम्पनीलाई साढे चार अर्ब कर तिर्न पत्र  

काठमाडौँ — व्यापारी अजयराज सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिलाई साढे चार अर्ब कर तिर्न आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेको छ । बानेश्वरस्थित आन्तरिक राजस्व कार्यालयले सुमार्गीको पारिवारिक लगानी रहेको हेलो नेपालले ४ अर्ब ३१ करोड ९५ लाख ७९ हजार पुँजीगत लाभकर तिर्नुपर्ने ठहर गरेको छ ।

सुमार्गीको कम्पनीलाई साढे चार अर्ब कर तिर्न पत्र  

२०६८/६९ मा भएको बिक्रीको लाभकर तिर्न राजस्व कार्यालयले यसै साता पत्र काटेको हो ।


नेपाल स्याटेलाइटको ७५ प्रतिशत स्वामित्व साइप्रसस्थित एयरवेल सर्भिसेज लिमिटेडमार्फत टेलियासोनेरा कम्पनीलाई बिक्री गर्दाको लाभकर तिर्न राजस्व कार्यालयले पत्र लेखेको हो । नेपाल स्याटेलाइटको ७५ प्रतिशत सेयर ५ अर्ब ७१ करोड रुपैयाँमा बिक्री भएको राजस्व कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।


उक्त बिक्रीबाट नेपाल स्याटेलाइटलाई ५ अर्ब ६३ करोड ५० लाख रुपैयाँ लाभ भएकाले त्यसमा लाभकर लाग्ने राजस्व कार्यालयले जनाएको छ । उक्त रकम मध्ये १ अर्ब ४० करोड ८७ लाख ५० हजार पुँजीगत लाभकर हुनुपर्नेमा यो अवधिको जरिवानासहित साढे चार अर्ब पुगेको हो ।


कर निर्धारण आदेश नेपाल स्याटेलाइटको कार्यालयमा पठाउँदा कम्पनीबाट बुझ्न अस्वीकार भएको राजस्व कार्यालयले जनाएको छ ।


नेपाल स्याटेलाइटमा सुमार्गी पत्नी सम्झना अर्याल, सुमार्गीको अर्को कम्पनी मुक्तिश्री टेलिकम प्रालि, सेवा प्रालि बंगलादेशको पनि सेयर छ ।

प्रकाशित : जेष्ठ ६, २०७६ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?