१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

सीके राउतको 'जनमत' दर्ता

काठमाडौँ — चन्द्रकान्त (सीके) राउतले नेतृत्व गरेको राजनीतिक समूहले निर्वाचन आयोगबाट सोमबार राजनीतिक दल दर्ताको प्रमाणपत्र पाएको छ । पृथकतावादी अभियान त्यागेको घोषणा गरेका राउतले दर्ता गराएको दलको नाम हो- जनमत पार्टी ।  

आयोगका प्रवक्ता सहसचिव शंकरप्रसाद खरेलले आवश्यक छानबिन र सबै प्रक्रिया पूरा गरेपछि आयोगले सीके राउत नेतृत्वको दल दर्ता गरिदिने निर्णय लिएको बताए ।


'संविधान, ऐन र नियमअनुसार पार्टीको विधान, उद्देश्य सबै मिलेको पाइएपछि मात्रै दल दर्ताको निर्णय भएको हो,' उनले भने । राउतले वैशाख १५ मा दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । ३५ सदस्यीय कार्यसमितिमा उनी अध्यक्ष र अरू सबैजना केन्द्रीय सदस्य छन् ।


केन्द्रीय सदस्य चन्दन सिंहले पार्टीको अन्य पदाधिकारीको चयन तथा समिति विस्तारलगायत काम क्रमशः हुँदै जाने बताए । गत फागुन २४ मा सरकारसँगको सम्झौतापछि राउतले मूलधारको राजनीतिमा आउने घोषणा गरेका थिए ।

प्रकाशित : जेष्ठ ६, २०७६ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?