कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

पाँचथर हत्या काण्ड : घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव भेटियो 

जनकराज सापकाेटा

काठमाडौँ — सोमबार राति पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ आरुबोटेमा सामूहिक हत्या भएको घर नजिकै झुण्डिएको अवस्थामा एकजनाको शव फेला परेको छ । 

पाँचथर हत्या काण्ड : घटनास्थल नजिकै झुण्डिएको अवस्थामा शव भेटियो 

प्रहरी प्रवक्ता विश्वराज पोखरेलले हत्या गरिएकाे स्थान नजिकै एकजना पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेका बताए ।

पाँचथरमा २ परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । उक्त घटनामा एक बालिका भागेर बाँच्न सफल भएकी छन् ।

सोमबार राति आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् ।


भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।

स्थानीयले घटनाबारे मंगलबार बिहान मात्रै थाहा पाएका थिए ।



यो पनि पढ्नुहोस्ः

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- 'हामी पुग्दा घटनास्थल रगताम्मे थियो'

पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

प्रकाशित : जेष्ठ ७, २०७६ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?