कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

पाँचथर हत्या काण्ड : हत्यामा संलग्न भनी शङ्का गरिएका व्यक्ति मृत फेला

माधव घिमिरे

विराटनगर — पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

पाँचथर हत्या काण्ड : हत्यामा संलग्न भनी शङ्का गरिएका व्यक्ति मृत फेला

स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।


मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन् ।


प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन् । बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । घटनास्थलमा कुनै हतियार फेला परेको छैन ।


घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ । आफूसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ ।


पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ ।


प्रदेश १ प्रहरी कार्यालयले पाँचथर हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीको विभिन्न विभागको टोली परिचालन गरेको जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाइबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।


यो पनि पढ्नुहोस्ः

पाँचथर हत्या काण्डबारे मिक्लाजुङ गाउँपालिका अध्यक्ष भन्छन्- 'हामी पुग्दा घटनास्थल रगताम्मे थियो'पाँचथर हत्या काण्ड : भागेर बाँच्न सफल बालिका भन्छिन् - 'धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरे'

पाँचथरमा २ परिवारका ९ जनाको हत्या

प्रकाशित : जेष्ठ ७, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?