कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दैनिक हजार चालकलाई कारबाही

सीमा तामाङ

काठमाडौँ — नेपाल प्रहरीको महानगरीय ट्राफिक प्रहरी महाशाखाले दैनिक १ हजार ५३ चालकलाई कारबाही गर्ने गरेको छ । त्यसमा मादक पदार्थ सेवन गरेका चालक मात्रै ८९ जना पर्छन् । कारबाहीबाट दैनिक ६ सय ९६ रुपैयाँ राजस्व रकम दाखिला हुन्छ । 

दैनिक हजार चालकलाई कारबाही

ट्राफिक प्रहरीले पछिल्ला १० महिनामा ३ लाख ८४ हजार २ सय ६ चालकलाई कारबाही गरेको छ । त्यसबाट २५ करोड ३७ लाख ११ हजार रुपैयाँ राजस्व दाखिला भएको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए । लेन अनुशासन उल्लंघन गरी सवारी साधन चलाएकामा ३२ हजार २७ जना पुरुष र ३ हजार १ सय ९ महिला चालक कारबाहीमा परेका छन् ।


२०७४ वैशाख १ मा सुरु गरिएको हर्न कारबाहीमा २०७६ वैशाख मसान्तसम्म १२ हजार २ सय ७१ सवारी साधन परेका छन् । गत मंसिर ८ मा सुरु गरिएको ह्वील लक कारबाहीमा २ हजार ८ सय ७६ सवारी साधन परेका छन् । सीसी क्यामेराको सहायताले ५ हजार ६० सवारी चालकलाई कारबाही भएको छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मापसे गरी सवारी चलाउने २६ हजार ५ सय ९८ चालक कारबाहीमा परेका छन्, जसमा पुरुष २६ हजार ४ सय ९ जना र महिला १ सय ९ जना छन् ।


२०७५ मंसिर २० मा सुरु गरिएको टयाक्सी कारबाहीमा १ हजार ७ सय ८७ वटा टयाक्सी परेका छन् । मिटरमा जान नमान्ने टयाक्सीलाई ३ हजार जरिवाना र ५ पटकभन्दा बढी कसुर गरे ६ महिनासम्म सवारी चालक अनुमतिपत्र निलम्बन गर्ने व्यवस्था छ ।


बाइकमा पछाडि बस्नेलाई हेलमेट

महाशाखाले मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेलाई पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।


दुईपांग्रे सवारी दुर्घटना धेरै हुँदा पछाडि सवार मान्छेको टाउको फुट्ने र दुर्घटनास्थलमै मृत्यु हुने जोखिम उच्च रहेकालाई यस्तो नियम ल्याउन लागिएको एसएसपी पन्तले जानकारी दिए । नेपाल गुणस्तर तथा नापतौल विभागले आईएसओ स्टयान्डर्डको हेल्मेटको मापदण्ड तयार पारिसकेको समेत उनले जानकारी दिए ।


प्रशिक्षार्थी

प्रकाशित : जेष्ठ ७, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?